Techie IT
Mission Khabar

२७ दिनको उपचारपछि कोरोनालाई जितेर डिस्चार्ज भईन प्रसिद्धि श्रेष्ठ, २८ जना उपचाररत


काठमाडौं । नेपालमा दोश्रो कोरोना संक्रमितका रुपमा पहिचान भएकी १९ बर्षिया प्रसिद्धि श्रेष्ठ निको भएर घर फर्किएकी छिन् । गत चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएसँगै टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भर्ना भएकी उनी शनिबार डिस्चार्ज भएकी हुन् ।

आफू पूर्ण निको भएर फर्किएने क्रममा उनले सञ्चार माध्यमलाई प्रतिक्रिया दिदै आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीको राम्रो सहयोग र साथ पाएको बताइन् । अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाका अनुसार शुक्रबार र शनिबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो । काठमाडौं घर भएकी प्रसिद्धि चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । फ्रान्सदेखि कतारसम्म सँगै जहाजमा आएको भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी गत चैत नौ गते आफै स्वास्थ्य जाँचका लागि टेकु अस्पताल पुगेकी थिइन् । नमुना जाँचगर्दा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन् ।

उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा समेत कोरोना संक्रमण पाइएको छ । दुबैजनाको धौलागिरि अस्पतालमा उपचार भैरहेको छ । माघ ९ गते पहिलो कोरोना संक्रमित भएका व्यक्ति समेत निको भएर घर फर्किएका थिए । नेपालमा अहिलेसम्म ३० जनामा कोरोना संक्रमण पहिचान भएकोमा २८ जना उपचाररत छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्