Techie IT
Mission Khabar

स्वास्थ्य प्रणाली ध्वस्त हुनेतर्फ जापानी चिकित्सकको चेतावनी, कोरोनाका विरामी बढ्दा अन्य गम्भिर विरामीको उपचार प्रभावित


सुर्य अधिकारी, जापान । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण मुलुकको स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुन सक्नेतर्फ जापानका डाक्टरहरुले चेतावनी दिएका छन् । कोरोनाका विरामीको चाप थप बढेमा गम्भीर बिरामीलाई समेत इमर्जेन्सीमा राखेर उपचार गर्न नसकिने अवस्था आउनेतर्फ स्वास्थ्यकर्मीहरुले सरकारलाई सचेत गराएका हुन् ।

कोरोना भाइरसका बिरामीको परीक्षणमा सहयोग गरिरहेको जापानको जीपीएस (जनरल प्राक्टिसनर सर्जरीज) का डाक्टरको समूहले मुलुकको स्वास्थ्य प्रणाली बचाउन सबैले सहयोगको हात अघि बढाउनुपर्ने बताए । उनीहरुले मुलुकको स्वास्थ्य प्रणाली ध्वस्त हुनबाट जोगाउन सरकारलाई सचेत समेत गराएका छन् । शुरुवातमा कोरोना भाइरसलाई नियन्त्रणमा राख्न सफल भए पनि पछिल्लो समय जापानमा संक्रमण बढ्दा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ भने २ सय २० बढीले ज्यान गुमाएका छन् ।

पछिल्लो समय कोरोना भाइरसका बिरामी बढेसँगै जापानमा अन्य गम्भीर अवस्थाका बिरामीको उपचार प्रभावित हुँदै आएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्