Techie IT
Mission Khabar

स्वास्थ्य सामाग्री खरिदमा सक्रियता, सेनासँगै स्वास्थ्य सेवा विभागले यसरी ल्याउँदैछन


काठमाडौं । नेपाली सेनाले चीनबाट तीन सय ४० टन स्वास्थ्य सामग्री र भारतबाट ५३ प्रकारका औषधी ल्याउने गरि प्रक्रिया अघि बढाएको छ । सेनाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य उपकरण र औषधि बिक्री गर्न प्रस्ताव राखेपनि चीन र भारतले स्वीकृति जनाए अनुसार चीनबाट माक्स, थर्मलगन थर्मोमिटर, पीपीई, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री र भारतबाट ५३ प्रकारका औषधि ल्याउनेगरी पत्राचार गरिएको हो ।

ओम्नी विजनेस कर्पोरेसन इन्टरनेसनलसँग भएको सम्झौता विवादमा आएपछि १६ चैतमा नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको थियो ।

स्वास्थ्य सेवा विभागले समेत ३० करोडको स्वास्थ्य सामाग्री ल्याउँदै

यता, जीटूजी मार्फत सेनालाई खरिदको जिम्मा दिने निर्णय विवादमा तानिएपछि स्वास्थ्य सेवा विभागबाट पनि छुट्टै खरिद प्रक्रिया अघि बढिरहेको छ । विभागले ओम सर्जिकल, हाम्रो मेडी कन्सर्न र लुम्बिनी हेल्थ केयरसँग २९ देखि ३० करोड रुपैयाँ बराबरको सामान ल्याउने गरी सम्झौता गरेर खरिद प्रक्रिया अघि बढाएको छ ।

पहिलो साता आंशिक र दोस्रो सातासम्ममा सबै सामग्री ल्याउने गरी सम्झौता गरिएपनि यो सम्झौतामा मुख्यतः पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लाई प्राथमिकता दिइएको छ । प्रयोगशालाका लागि चाहिने सामान, सेनिटाइजर र थर्माेमिटर खरिदका लागि छुट्टै सम्झौता गर्ने तयारीमा विभाग जुटेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्