कोरोनाको महामारी रोक्ने अभियानमा सबै एकताबद्ध हुन प्रधानमन्त्री ओलीको अपिल, भूकम्पपछीको बिपत्त व्यवस्थापनको स्मरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैलाई अपिल गर्नुभएको छ । प्रधानमन्त्री ओलीले भूकम्प स्मृति दिवसका अवसरमा एक सन्देश जारी गर्दै भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माणको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना बिरुद्धको लडाईमा एकताबद्ध हुन अपिल गर्नुभएको हो ।
विषम परिस्थितिकाबीच अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा जुटन प्रधामन्त्री ओलीले आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँग लड्ने कार्य त्यसभन्दा धेरै जटिल हुँदोरहेछ । विश्वका विभिन्न देशजस्तै हामी पनि अर्को विश्वव्यापी महाविपद् कोरोना भाइरसको महामारीविरुद्धको लडाइमा रहेका कारण विगत एक महिनादेखि सिङ्गो देश लकडाउनमा रहन बाध्य भएको प्रधानमन्त्रीले बताएका छन् ।
लकडाउनका कारण पुनःनिर्माण तथा पुनस्र्थापनाका कार्यमा गम्भीर असर परेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विनाशकारी भूकम्पपछि सिर्जित विपत्ती जस्तै कोरोनाको महामारीलाई समेत संयम र साहसका साथ सामना गरेर अघि बढ्न सबै एकताबद्ध भएर सक्षम हुने बिश्वास ब्यक्त गरेका छन् ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्