नेकपाका सांसदद्धय र पूर्वप्रहरी महानिरीक्षक खनाल बिरुद्धको जाहेरी दर्ता भएन, प्रहरी र जसपा नेताबीच चर्काचर्की
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न प्रहरीले इन्कार गरेपछि जनता समाजवादीका नेता र प्रहरीबीच चर्काचर्की भएको छ ।
सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरुले दिन लागेको अपहरण तथा शरीर बन्धकको जाहेर महानगरिय प्रहरी परिसर टेकुले लिन नमानेपछी नेता र प्रहरी अधिकारीबीच चर्काचर्की भएको हो । पूर्वमन्त्री यादवसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरु टेकु पुगेपनि महोत्तरीको घटना भन्दै मुद्धा फाँटका डीएसपी कृष्ण चन्दले जाहेरी दर्ता गर्न इन्कार गरेको जसपाका नेताले जानकारी दिए । लकडाउनका कारण महोत्तरी जान सम्भव नहुने भन्दै यही जाहेरी लिन नेताहरुले दबाब दिएपछि चर्काचर्की भएको थियो ।
जनता समाजवादीका बाबुराम भट्टराई लगायतका नेताहरुले पार्टी एकिकरणका क्रममा समेत नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको डिजाइनमा राजपा तथा संघीय समाजवादी फुटाउनेगरी आफ्ना नेता तथा सांसदहरुलाई अपहरण शैलीका काठमाडौं ल्याइएको आरोप लगाउँदै आएका थिए ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्