Techie IT
Mission Khabar

नेपालमा पहिचान भएका ५२ कोरोना संक्रमित मध्ये ३६ जना अस्पतालमा, १६ जना कोरोनामुक्त भएर घर फर्किए


काठमाडौं\वीरगंज । थप ४ जना कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोनामुक्त भएर घर फर्किनेको संख्या १६ पुगेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएसँगै कोरोनाबाट पूर्णरुपमा निको हुनेको संख्या १६ पुगेको हो ।

छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक चौथो र पाँचौ रिपोर्ट नेगेटिभ आएपछि अस्पताल भर्ना भएको १५औं दिनमा डिस्चार्ज भएका हुन् । आइतबार साँझ झापामा एक र आइतबार बिहान पर्साको वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पहिचान भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी र सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि वीरगंजस्थीत नारायणी अस्पताल भर्ना गरिएको छ । झापाका ५० बर्षिया संक्रमितको अवस्था सामान्य रहेको र अस्पतालको सम्पर्कमा रहेको बताइएको छ ।

संक्रमित मध्ये ३५ जना विभिन्न अस्पतालमा उपचाररत छन् । कोरोना संक्रमणका कारण नेपालका १२ जिल्ला रेड जोनमा पर्दा प्रदेश १ सबैभन्दा बढी जोखिममा परेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्