Techie IT
Mission Khabar

पाँचौ पटक थपेर बैशाख २५ पुर्याइयो लकडाउन, बैशाख ३१ सम्म सीमा क्षेत्रको आवागमन बन्द


काठमाडौं । नेपालमा लकडाउन बैशाख २५ गते मध्यरातसम्म जारी रहने भएको छ । आतबारको मन्त्रिपरिषद् बैठकले बैशाख १५ गतेसम्म तोकिएको लकडाउनमा १० दिन थपेर २५ गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको हो ।

बैठकमा कोरोनाबाट देश खतरामुक्त भइनसकेकाले भन्दै प्रधानमन्त्री ओलीले धारणा कोरोना रोकथाम तथा नियन्त्रणका लागी लकडाउन जारी राख्नुपर्ने धारणा राखेका थिए । वैशाख २५ सम्म लकडाउन गर्ने र स्थितिमा सुधार आए सरकारको नीति तथा कार्यक्रमसँगै बजेट ल्याउन संसद अधिवेशन आहृवान गर्न सकिने प्रधानमन्त्रीको प्रस्ताव अनुसार नै लक डाउन लम्ब्याइएको बताइएको छ । कोभिड(१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण सफल भएको निष्कर्ष सहित एक साता लम्ब्याउन मन्त्रिपरिषमा सिफारिस गरेको थियो ।

वैशाख ३१ सम्म सीमामा आवागमन रोक्ने निर्णय गरेको सरकारले यसअघि नै आन्तरिक तथा बाह्य हवाई उडान जेठ २ गतेसम्म रोक्ने निर्णय गरिसकेको छ । लकडाउनको मोडेल कस्तो हुनेछ भन्ने बारे केही नखुलाइएपनि काठमाडौंबाट नागरिकहरुलाई बाहिरी जिल्लामा जान अघोषितरुपमा छुट मिलिरहेको छ । चैत ११ बाट सुरु गरिएको लकडाउन पाँचौँ पटक थपिएपनि कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहँदा बैशाख १५ बाट स्थगन हुन्छ वा लम्बिन्छ भन्ने नै अझै अनिश्चित छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्