कोरोनाको महामारीमा मासु : बन्यजन्तुको मासु नखान विश्व स्वास्थ्य सङ्गठनले गरेको अपील अधिकांशले मानेनन्

सुर्य अधिकारी,जापान\काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले सबै देशका सरकारलाई कोरोना भाइरसलाई मध्यनजर गर्दै बन्यजन्तुको मासु खान रोक लगाउन अपिल गरेको एक साता बितेपनि अधिकांश देशमा बन्यजन्तु लगायतको मासुमा प्रतिबन्ध लागेको छैन । नत कुनै सरकारले मासु नबेच्न र नखान निर्देशन नै दिएका छन् । बरु उल्टै विश्व स्वास्थ्य संगठनको अपिल बिरुद्ध मासु बिक्रिबितरणले तिब्रता पाइरहेको छ ।
कोरोनाको सुरुवात भएको चीनको बुहानमा सीफूड बजारबाट फैलिएको भन्दै बन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन अपिल गरिएको थियो । मासु व्यापारमा स्वच्छताको कमी हुने भएकोले प्रतिबन्ध लगाउन माग गरिएपनि कोरोनाको उद्गमस्थल चीन, भारत, जापान, कोरिया, अस्ट्रेलिया, अमेरिका लगायतका देशमा विभिन्न बन्यजन्तुको ड्राई मिट ब्यापारमा प्रतिबन्ध लागेको छैन । बरु यी बिभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरु अन्य सरसामानको तुलनामा ड्रई मिट किन्नेहरु नै बढी भएको बताउँछन् । जापान सरकारले विश्व स्वास्थ्य संगठनको अपिललाई कार्यान्वयन नगर्दा सुपर मार्केटमा बन्यजन्तु लगायतको मासुको ब्यापार विगत भन्दा बढेको छ । कोरिया, अमेरिका, अस्ट्रेलिया, भारत लगायतका अन्य मुलुकमा समेत बन्यजन्तु लगायतको मासु ब्यापार यथावत रहँदा उपभोक्ताहरु घट्ने भन्दा बढ्ने क्रममा छन् ।
कतिपय उपभोक्ता र सागसब्जिका तुलनामा मासुले रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाउने भन्दै विगत भन्दा माछा मासु बढि किन्ने र खाने गरेको बताउँछन् । ७० प्रतिशत भन्दा बढी भाइरस जनावर र तीनको मासुबाट लाग्नेगरेको पाइएपनि मासु खानेहरु घट्नुको साटो बढ्ने क्रममा देखिएका छन् ।
क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्