Techie IT
Mission Khabar

बढ्दै पश्चिमी र स्थानीय वायुको प्रभाव, देशभर सामान्य बदली सहित बर्षा


काठमाडौं । सोमबार दिनभर देशैभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा पुर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण देशैभर मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारि दिएको हो ।

मौसमविद्का अनुसार बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएका कारण सामान्य बदली भई बर्षा सक्रिय भएको छ । सोमबार दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा हावाहुरी, मेघगर्जन, चट्याङ्ग तथा असिना सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


क्याटेगोरी : देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्