झापाका कोरोना संक्रमित क्वारेन्टाइनमा बस्न नमानेका व्यक्ति, जमातिको बसोबास क्षेत्रमा उच्च सतर्कता

काठमाडौं\झापा । कोरोना भाइरसको संक्रमण पहिचान भएका झापास्थित बाह्रदशी गाउँपालिका–४ का ५० वर्षीय व्यक्ति क्वारेन्टाइनमा नबसेर घरमै सामान्य व्यक्ति जसरी बसेको पाइएको छ ।
करिब एक महिनाअघि भारतको दिल्लीमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय तबलिगी जमात (धार्मिक सभा) मा सहभागी भएर नेपाल फर्किएका उनले स्थानीय प्रशासनले क्वारेन्टाइनमा बस्न गरेको आग्रहलाई बेवास्ता गरेको खुलेको हो । बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले मिसन खबरसँग भने–उदयपुरमा भेटिएका जमातीहरुकै समूहमा उनी नेपाल आएका हुन वा होइनन् भन्ने जानकारी नभए पनि उनी भारतको कुनै सभामा सहभागी भएर फर्किएका व्यक्ति हुन ।
दिल्लीको सभामा सहभागी भएर आएको भन्ने थाहा पाएपछि गाउँपालिका र प्रशासनले क्वारेन्टाइनमा बस्न भनेपनि परिवारले नमानेपछि उनी घरमै बसेका थिए । कोरोना बिशेष अस्पतालमा उपचाररत उनको अवस्था सामान्य रहेपनि जमातिहरुको उल्लेख्य बसोबास रहेको उक्त क्षेत्रलाई उच्च सतर्कता सहित निगरानीमा राखिएको छ ।
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्