उत्पादन निरन्तर गर्न मसु प्रशोधन उद्योगलाई राष्ट्रपति ट्रम्पको आदेश, डब्लुएचओ भन्छ, बन्यजन्तुको मासु हानिकारक

काठमाडौं \एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मासु प्रशोधन उद्योगहरुलाई उत्पादनको निरन्तरताका लागि आदेश दिएका छन् । उत्पादक कम्पनीहरुले आपूर्ति चक्रमा गम्भीर तनाव आउन सक्ने चेतावनी दिइरहेका बेला राष्ट्रपति ट्रम्पले अनिवार्य उत्पादनको आदेश दिएका हुन् ।
कोरोना भाइरसको महामारीका बेला खाद्यान्नको अभाव नहोस् भन्ने उद्देश्यले मासु प्रशोधन फर्महरुलाई उत्पादन जारी राख्न आदेश दिएको ह्वाइट हाउसले जानकारी गराएको छ । अमेरिकी सरकारले यस्ता उद्योगको उत्पादन जारी राख्न बाध्य बनाउनका लागि कोरिया युद्ध ताकाको कानून सक्रिय बनाएको छ । आपूर्तिमा कुनै समस्या नआओस् भन्नका लागि सन् १९५० को डिफेन्स प्रोडक्सन एक्टलाई सक्रिय बनाएर उत्पादन जारी राख्ने कार्यकारी आदेश जारी भएपछि उद्योगहरु काम सुचारु गराउन बाध्य हुने आँकलन सरकारको छ । यता, विश्व स्वास्थ्य संगठनले भने कन्यजन्तु लगायतको मासुमा शुद्धता कम हुने भन्दै मासु उत्पादन र बिक्रिबितरण रोक्न सचेत गराउँदै आएको छ ।
मासु प्याकिङ्ग गर्ने ३३ सय अमेरिकी कामदारमा कोरोना भाइरसको संक्रमण देखिदा अहिलेसम्म २० जनाको कोभिड–१९ कै कारण ज्यान गएको छ । गत महिना नै संयुक्त राष्ट्रसंघले विश्वव्यापी रुपमा खाद्यान्नको आपूर्ति चक्रमा गम्भीर चुनौति आउन सक्ने भन्दै सबैलाई सजग गराएको थियो ।
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्