Techie IT
Mission Khabar

बुधबार पनि सुधार भएन मौसम, सामान्य बद्लीदेखी बर्षासम्मको सम्भावना


काठमाडौं । बुधबार पनि देशभरको मौसममा सामान्य बद्ली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। पश्चिमी र स्थानीय वायुको प्रभाव तथा पूर्वी क्षेत्र नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण मौसम बदली भई पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको हो ।

बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेका कारण केही दिनदेखी मौसममा निरन्तर बदली देखिएको मौसमविदले बताए ।  बिहानदेखी देशको पश्चिमी भू–भाग लगायत पहाडी भेगमा सामान्य बदली भई पश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

मौसमविदले दिउँसो देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको जानकारी दिएका छन् । बुधबार मैसमविदका अनुसरा राती देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थान तथा पश्चिमका एक–दुई स्थानमा हावाहुरी, मेघगर्जन, चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


क्याटेगोरी : देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्