किसानमा लकडाउनको असर : बजारमा पुर्याउनै गाह्रो, खेतमा कुँहिदा लगानी डुब्ने चिन्ता

काठमाडौं । सरकारले कृषि उत्पादनका लागि देशमा जारी लकडाउनले कुनै प्रभाव नपार्ने बताइरहदा किसानहरु भने उत्पादित बस्तुले बजार नपाएको र पुर्याउन समेत नपाएको गुनासो गरिरहेका छन् । नगदेबालीका रुपमा उत्पादन हुने तरकारी छोटो समयमा उठाएर चाँडो बजार पुर्याउनुपर्ने भएपनि जारी लकडाउनका कारण उत्पादन खेतमै कुहिनने अवस्था आएको किसानहरु बताउँछन् ।
गोडभेंडा, काउली, सिमि बन्दा लगायतको तरकारी बजार पुर्याउन समस्या भएको छ । किसानका बारीमा लहलह झलेका सिमी बजारसम्म लैजाने अवस्था छैन । जेनतेन बजार पुर्याउन सकेपनि किन्ने मान्छे छैनन् । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै चैत ११ गतेबाट जारी राखेको लक डाउनको असर बजारमा मात्र होइन्, किसानको खेतबारिसम्मै देखिएको छ । काठमाडौं उपत्यका आसपासका केही पकेट क्षेत्रको तरकारी बजारसम्म आएपनि उचित मुल्य पाउने अवस्था छैन । अझ धादिङ, मकवानपुर, चितवन, सुनसरी मोरङसँगै देशको तराई क्षेत्रको उत्पादनले बजार पाउन नसकेको भन्दै किसानको गुनासो बढ्न थालेको छ ।
स्थानीय बजारमा खपत कम हुँदा र काठमाडौं लगायत जनघनत्व अनि खपत बढी भएका क्षेत्रमा पुर्याउन गाह्रो हुँदा किसान मारमा परेका छन् । अन्नबालीको खेती र उत्पादनमा खासै असर नदेखिएपनि व्यवसायिक रुपमा तरकारी खेती गर्ने किसान चाडै खपत गर्नुपर्ने तरकारी व्यवस्थापन गर्न नसक्दा लगानी डुब्ने अवस्थामा छन् ।
क्याटेगोरी : अर्थ / रोजगार, ओझेलका पात्र, कृषी / उद्यम, देश / प्रदेश
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्