लकडाउनको ब्याजदर सहुलियतमा नसमेटिएको भन्दै औषधि थोक व्यवसायी संघको आपत्ति, सहुलियतमा समावेश गर्न राष्ट्र बैंकलाई ध्यानाकर्षण

काठमाडौं । कोभिड–१९ कोरोनाको महामारीसँगै जारी राखिएको लकडाउनलाई मध्यनजर गर्दै केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले गत बैशाख १६ गते जारी गरेको सर्कुलरप्रति नेपाल औषधि थोक व्यवसायी संघले आपत्ति जनाएको छ । संघले एकविज्ञप्ति जारी गर्दै केन्द्रीय बैकले जारी गरेको सर्कुलरमा कोभिड संक्रमणको जोखिमका कारण ऋणिहरुमा परेको असर न्यूनिकरण गर्न बैंक तथा वित्तीय संस्थाले ऋणिहरुको २०७६ चैत मसान्तसम्मको कायम ब्याजदर २ प्रतिशत विन्दूले कम गरी आर्थिक वर्ष २०७६र७७ को त्रैमासिकको ब्याज रकम गणना गर्न दिएको निर्देशनमा औषधि विक्री वितरण संग सम्बन्धित व्यवसायलाई नसमेटिएको भन्दै आपत्ति जनाएको हो ।
अन्य सेवा जस्तै औषधि र औषधिजन्य सामाग्रीको कारोवारसंग सम्बन्धित व्यवसायीले आफु तथा परिवारको समेत स्वास्थ्य जोखिममा राखेर गरिरहेको देश अनि जनताको सेवालाई राष्ट्र बैंकले बेवस्था गरेकोमा संघले दुख व्यक्त गरेको छ । नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रीयअध्यक्ष शिवराज वास्कोटाको हस्ताक्षरमा जारी विज्ञप्तिमा औषधि व्यसायीले संकटको घडिमा आर्थिक लाभको लागि मात्रै काम गरेको भन्ने बुझाइ सहित केन्द्रीय बैकले औषधि व्यवसायलाइ उपेक्षा गरेको उल्लेख गरिएको छ ।
साथै, औषधि व्यवसायी कुनै न कुनै बैकका ऋणि रहेको र विषम अवस्थाबाट पूर्णरुपमा प्रताडित रहेको अवस्थाप्रति केन्द्रीय बैक बेखवर रहदा औषधि व्यवसायीको आत्माबल र उर्जामा समेत स्वभाविक रुपमा नैराश्यता पैदा गरेको उल्लेख छ । भोलीका दिनमा व्यवसायीले व्यवसाय बन्द गर्नु पर्ने अवस्था समेत सिर्जना हुने तर्फ संघले राष्ट्र बैंक र सरकारलाई सचेत गराएको छ । नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रीयअध्यक्ष शिवराज वास्कोटाले मिसन खबरसँग कुरा गर्दै औषधी व्यवसायीले जोखिम मोलेर औषधीको अभाव हुन नदिन गरेको मेहनत र लगानीलाई राष्ट्र बैंकले बेवास्था गर्दा व्यवसायीको मनोबल कमजोर भएको बताए । उनले भने -‘ऋणसँग खेलेर औषधीको अभाव हुन नदिने खेलेको भुमिकालाई बेवास्था होईन सम्मान दिने काम सरकारबाट होस् ।’
केन्द्रीय बैंकलाई नेपाल औषधि थोक व्यवसायी संघले सम्पूर्ण औषधि व्यवसायीकोे तर्फबाट ध्यानाकर्षण गराउँदै औषधि व्यवसायीलाई समेत जारी निर्देशनको दायरामा समेट्न माग समेत गरेको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्