Techie IT
Mission Khabar

नेपालको राजनीतिमा चिनियाँ सक्रियता, राजदूत याङछीले भेटिन नेकपाका नेता


काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना भाइरसबाट उत्पन्न परिस्थितिमा चीनले बिशेष चासो देखाउन थालेको छ । नेपालका लागी चीनिया राजदूत हाउ याङछीले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएर चीनको सक्रिय चासो सहतमा ल्याएकी हुन् ।

बिहीबार राति राजनीतिक संकटको भूमरीमा फसेका प्रधानमन्त्री केपी ओलीसँग पनि भेटघाट गरेकी राजदूत याङछीले शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिन् । करिब एक घण्टा भएको भेटघाटमा के छलफल भयो भन्ने औपचारिक जानकारी नआएपनि नेकपाभित्रको द्वन्द र ओलीको निरन्तरताको सम्भावनाबारे छलफल भएको पाइएको छ । अध्यक्ष प्रचण्डसँगको भेटलगत्तै उनी वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुगिन । नेता नेपालसँग समेत उनले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा चासोका साथ भेटवार्ता गरेको बुझिएको छ ।

करिव एकसाता पहिले चिनियाँ राष्ट्रपति सि जिनपिङले टेलिफोनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसँग वार्ता गरी प्रधानमन्त्री ओलीको सुस्वास्थ्य र खुशीका लागि दिएको शुभकामनापछि चीनले प्रधानमन्त्री ओलीलाई समर्थन दिएको आँकलन गर्न थालिएको छ । राष्ट्रपति सीले भण्डारीसँग फोन वार्ता गरे लगत्तै राजदूत याङछीले भण्डारीसँग गोप्य भेटवार्ता गरेको बारे राष्ट्रपति कार्यालयले कुनै सार्वजनिक जानकारी गराएको छैन ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्