Techie IT
Mission Khabar

नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुग्दा कर्णाली बाहेकका सबै प्रदेशमा संक्रमण, प्रदेश एकमा मात्रै ३१


काठमाडौं । रुपन्देही र बाँकेमा दुई जनामा कोरोना भाइरस संक्रमण पहिचान भएसँगै संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीया र बाँकेका ६० वर्षीय पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

दुबैको अवस्था सामान्य रहेको बताइएको छ । गत बुधबार बारामा दुई र पर्सामा एकमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि रौतहटका दुई जनामा कोरोना पुष्टि भएको थियो । चन्द्रनिगाहपुरको क्वारेन्टाइनमा १४ दिन बसेर जनकपुरको ल्याबमा नेगेटिभ रिपोर्ट आएसँगै घर फर्किएका रौतहटका एक व्यक्ति परिवार र समुदायमा १० दिन बिताइसकेपछि काठमाडौंको परिक्षणबाट संक्रमित पहिचान भएका थिए । यसले र्यापिट किट र प्रादेशिक ल्याबको विश्वसनियतामा प्रश्न उठाएको थियो । यसअघि झापा, भोजपुर, उदयपुर, बारा, पर्सा, चितवन, कैलाली, बागलुङ धादिङ र काठमाडौंमा संक्रमित पहिचान भएका थिए । जसमध्ये १६ जना उपचारपछि निको भएका छन् ।

कर्णाली बाहेकका सबै प्रदेशमा कोरोना संक्रमण देखिदा संक्रमित मध्ये सबैभन्दा बढी ३१ जना प्रदेश एकको कोसी अञ्चल अस्पतालको कोरोना बिशेष अस्पतालमा उपचाररत छन् । बाँकीको चितवन, बीरगञ्ज र बाँकेमा उपचार भैरहेको छ ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्