नेपाली नागरिकको उद्धार र स्वदेश फिर्ता, अस्ट्रेलिया, युरोप र अमेरिका भन्दा खाडी मुलुकलाई प्राथमिकता
काठमाडौं । कोभिड १९ कोरोनाको महामारीसँगै विश्वका २ सय १० देशको जनजीवन प्रभावित भैरहँदा कतिपय देशले अन्य मुलुकमा फसेका आफ्ना नागरिक उद्धार गरिरहेका छन् । पछिल्लो समय नेपाल पनि कोरोनाको महामारीसँगै समस्यामा परेका आफ्ना नागरिक उद्धारको गृहकार्यमा जुटेको छ । विश्वका ७५ बढी मुलुकमा शिक्षा, रोजगारी र पेशा व्यवसायका क्रममा करिब ५० लाख नेपालीहरु पुगेको तथ्यांक भएपनि सरकारको स्वदेश फिर्तामा केही हजारले मात्रै मौका पाउनेछन् ।
ठूलो सङ्ख्यामा नेपालीलाई एकसाथ स्वदेश फर्काउन ठूलै स्रोत साधनको आवश्यकता पर्ने भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले सरकारले विभिन्न कारणले अलपत्र परेका, बिरामी तथा अशक्त व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर उद्धार गर्दा अमेरिका, युरोप, अस्ट्रेलिया, क्यानडा लगायतका सम्पन्नशाली मानिने राष्ट्रमा रहेका नेपाली पहिलो प्राथमिकतामा नपर्ने बताए । बीसौँ लाख नेपाली आप्रवासी श्रमिकका रुपमा खाडी, मलेसिया तथा अन्य मुलुकमा कार्यरत छन् । एनआरएनए तथा विभिन्न संघ संगठनको पँहुच र सहयोग नपाउने बैदेशिक रोजगारीमा रहेका श्रमिकलाई प्राथमिकतामा राखेर उद्धार तथा स्वदेश फिर्ताको कार्यक्रम अघि बढाउने सरकारको तयारी छ ।
सरकारले यसअघि नै विदेशमा रहेका नेपालीलाई तत्कालका लागि जहाँ भए पनि सुरक्षित बस्न आग्रह गर्दै कतिपय मुलुकले कोभिड–१९ बाट प्रभावित आप्रवासी श्रमिकलाई घोषणा गरेको राहत कार्यक्रमबारे दूतावासमार्फत जानकारी लिई लाभ लिन अनुरोध गरेको छ । एनआरएनले गरेको एक सर्वेक्षणमा खाडी मुलुकका श्रमिक मात्रै नभई अस्ट्रेलिया, जापान, अमेरिका, क्यानडा, पोल्याण्ड, जर्मनी, साईप्रस जस्ता देशमा रहेका नेपाली समेत गरि विदेशमा रहेका ७० प्रतिशतले स्वदेश फर्किन ईच्छा जाहेर गरेका थिए । तर सरकारले अहिलेसम्म चीनबाट केही विद्यार्थी ल्याउने र भारतमा फसेका केहीको उद्धार बाहेक कसैलाई पनि स्वदेश फर्काउन सकिरहेको छैन । बरु अबको स्वदेश फिर्तामा समेत खाडीका कामदारले मौका पाउने भएका छन् ।
नेपालमा अहिलेसम्म कोरोनाको महामारी देखिएको छैन । ५९ जना संक्रमित पहिचान हुँदा १६ जना निको भएका छन् । तर विभिन्न २२ देशमा रहेका करिब २३ सय नेपाली कोरोनाबाट संक्रमित हुँदा ४८ ले ज्यान गुमाउनुपरेको छ । बेलायतमा मात्रै ३३ नेपालीले कोरोना संक्रमणबाट ज्यान गुमाउँदा अमेरिकामा १०, युएईमा दुई तथा आयरल्यान्ड, जापान र टर्कीमा एक÷एक जनाको ज्यान गएको छ ।।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विश्व / विविध
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्