ललितपुर क्षेत्र नम्बर १ प्रदेश ‘ख’ का कांग्रेस सभापति लामाले दिए बागमती गाउँपालिकालाई ५० बोरा चामल
ललितपुर । नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ प्रदेश ‘ख’ का सभापति रामकृष्ण लामा (इन्द्र )ले बागमती गाउँपालिकालाई ७५ हजार रुपैयाँ बराबरको ५० बोरा चामल हस्तान्तरण गरेका छन ।
बागमती गाउँपालिकाको कार्यालयमै पुगेर लामाले पालिका अध्यक्ष विरबहादुर लोप्चन र उपाध्यक्ष रञ्जना घिमिरेलाई उक्त चामल हस्तान्तरण गरेका हुन । बागमती गाउँपालिका भित्र लकडाउनका कारण खाद्यान्न नपाएका गरिबहरुलाई सहयोग पुगोस भनेर आफुले चामल सहयोग गरेको लामाले बताए । पालिकाका अध्यक्ष विरबहादुर लोप्चनले एकद्वार प्रणाली मार्फत राहत बाँडिएको स्मरण गराउँदै सहयोग स्वरूप पाएको चामल गरिब र विपन्नलाई दिइने कुरामा कुनै शंका नगर्न आग्रह गरे ।
यसअघि नै बागमती गाउँपालिकाले सबै वडामा राहत बाँडिसकेको छ भने नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ प्रदेश ‘ख’ का सभापति लामाले विभिन्न स्थानीय तह तथा बिपन्नहरुलाई राहत सहयोग गर्दै आएका छन् ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्