कोरोनाको असर : विश्वका २१ मुलुकका करिब डेढ करोड बालबालिका विभिन्न खोप सेवाबाट बञ्चित

काठमाडौं । कोरोना भाइरसको महामारीले बृद्धबृद्धा र लामो समयदेखी रोगले सताएका व्यक्ति मात्रै नभई विश्वभरका बालबालिका समेत प्रभावित भएका छन् । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार कोरोना भाइरसको जोखिम बालबालिकामा कम रहेपनि खोपको अभावमा अन्य रोगको जोखिम बढेको हो ।
कोरोनाको महामारिसँगै एक करोड ३० लाख बढी बालबालिकामा पोलियो, दादुरा, हैजालगायतका खोपको समस्या भएको छ । अहिलेसम्म २१ मुलुकमा खोपको अभाव देखिएको छ । बेलायतका केही बालबालिकामा भने अति सामान्य लक्षण देखिएको र त्यसमध्ये केहीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले सचेत रहन भन्दै डाक्टरहरुले अपिल गरेका छन् । कोरोना भाइरसको संक्रमणविरुद्ध लड्ने क्रममा खोपको अभाव ब्यहोर्नुपरेका बालबालिकाको शरीर अत्याधिक दबाबमा आउँदा उच्च ज्वरो, रक्तचाप कम, शरीरमा धब्बा तथा स्वासप्रस्वासमा समस्या देखिएको बिज्ञहरुले बताएका छन् ।
बृद्धबृद्धा र रोकको संक्रमण ब्यहोर्दै आएकामा बढी जोखिम बनाइरहेको कोरोनाले विभिन्न खोपका कारण रोकसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो बन्ने बालबालिका खोप अभावले जोखिममा पर्ने हुन कि भन्ने चिन्ता विश्वभर बढ्न थालेको छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्