Techie IT
Mission Khabar

झापाको सीमा क्षेत्रमा भारतीयको दादागिरी, सशस्त्रको हबाई फायरपछि भागाभाग


झापा, काठमाडौं । झापास्थित सीमावर्ती क्षेत्रबाट नेपाल छिर्न खोज्ने भारतीय समूहले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेपछि सोमबार राती सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गर्नुपर्यो । झापा गाउँपालिका वडा नम्बर ४ को सुकुम्वासी बस्ती नजिकै भएको यो घटनाले भारतीय पक्षको हेपाहा प्रबृत्ति उजागर गरेको छ ।

सोमबार राति करिब ९.३० बजेतिर भारतबाट केही मानिस नेपाल छिर्ने प्रयास गरेका थिए । उनीहरुलाई सशस्त्र प्रहरीले रोकेपछि घरेलु हतियार सहितका सयौँ भारतीयहरुको समूह सो स्थानमा आएर सुरक्षाकर्मीमाथी बल प्रयोग गर्दै नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेर भीड हटाउनुपरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए । सुरुमा दुईजना भारतीय नागरिक भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल छिर्न खोजेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सीमामा तैनाथ सुरक्षाकर्मीले सम्झाई बुझाई फिर्ता पठाएका उनीहरुले नै गाउँले भेला गरेर सीमाक्षेत्रमा शक्ति प्रदर्शन गर्न खोजेका थिए ।

यो घटनाले भारत सरकार मात्रै होइन्, सीमा क्षेत्रका केही नागरिक नेपालीमाथी आफ्नो दबाब देखाउन चाहान्छन, उनीहरुमा थिचोमिचोको भावना छ भन्ने स्पष्ट पारेको छ । यो भयो सुरक्षाकर्मीले सहनुपरेको शक्ति प्रदर्शन । सीमा अतिक्रमण मात्रै होइन भारतीय सीमा क्षेत्रका नेपाली नागरिकहरु बषौँदेखी भारतीय पक्षको थिचोमिचो ब्यहोरिरहेका छन् । छिमेकी राष्ट्र र त्यहाँका नागरिकले आफ्ना नागरिक र भुगोलमाथी गरेको मनलाग्दी थिचोमिचो रोक्न राज्य संयन्त्र गम्भिर बन्नुपर्छ । यो घटना हाम्रो सरकारका लागि सार्वभौमसक्ताको रक्षा तथा नागरिकको सुरक्षामा गम्भिर बन्नुपर्छ भन्ने पाठ बनोस् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्