नेपालगञ्जमा ७ जना थपिएसँगै कोरोना संक्रमितको संख्या ८२, बाँकेमा तीनदिनसम्म कर्फ्यु

काठमाडौं । नेपालगञ्जमा मंगलबार थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमित मध्ये १६ जना निको भइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ८ का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना पहिचान भएसँगै संक्रमितको संख्या ८२ पुगेको हो ।
सोमबार गरिएको परीक्षणका क्रममा थप ७ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालगञ्जमा त्रासदी थप बढेको छ । नेपालगञ्जमा शुक्रबार १ जना र आइतबार १५ जनामा कोरोना संक्रमण पहिचान भैसकेको छ । योसँगै नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ । संक्रमितको संख्या निरन्तर बढेपछि बाँकेमा वैशाख २३ गते बिहान ११ बजेदेखि लागु हुने गरी वैशाख २५ गते मध्यरातसम्म तीन दिनसम्म घरबाट बाहिर निस्कन नपाइने नियम लागु गरिएको छ । यो अवधीमा हाल देखिएका संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब परीक्षण प्रभावकारी रुपमा गरिने बताइएको छ । जिल्लालाई सोमबारदेखी नै सिल गरिएको छ ।
शुक्रबार पहिचान भएका एकजना व्यक्तिबाट समुदायमा कोरोना सरेको आशंका गरिदैगर्दा अहिलेसम्म पहिचान भएका मुस्लिम धर्मगुरु तथा उनीहरुको संगतमा रहेकाहरुमा कसरी कुन श्रोतबाट कोरोना सर्यो भन्ने पहिचान गर्न सकिएको छैन ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्