Techie IT
Mission Khabar

मंगलबारको मौसम : आंशिक बदलीदेखी हावाहुरी र बर्षासम्म, काठमाडौंमा समेत बदलीको पूर्वानुमा


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसममा मंगलबार समेतआंशिकदेखि पूर्ण बदली हुने तथा केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा तथा काठमाडौंको मौसममा बदली देखिएको छ ।

पश्चिमी वायु, स्थानीय वायु, तथा पूर्वी क्षेत्र नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहनुका साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेका कारण केही दिन आंशिकदेखी पूर्ण बदली र बर्षाको सम्भावन कायमै रहने मौसमविद्ले बताएका छन् । मौसमविदका अनुसार मंगबार दिउँसो देशका अधिकांश क्षेत्रमा सामान्य देखि पूर्ण बदली रहने तथा केही स्थानमा हावाहुरी, मेघगर्जन,चट्याङ्ग सहित असिना र वर्षाको सम्भावना रहेको छ । राति देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्य क्षेत्रका थोरै स्थान तथा पूर्वका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा हुनेछ ।

नेपाल प्रवेश गरेको मौसमी प्रणालीको प्रकृति हेर्दा अझै केही दिन मौसम सफा नहुने मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले समेत पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताउँदैआएको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्