नेपालमा जारी रहेको कोरोना कहर, कतै दाहोरिदै कतै डिस्चार्ज

काठमाडौं । कोरोनाको संक्रमण मुक्त भएर घर फर्किएका काठमाडौँमा एक जनासहित तीनजना पुनः भाइरस दोहोरिएपछि त्रासदी बढेको छ । सनसिटी अपार्टमेन्टमा यसअघि देखिएको संक्रमण मुक्त भएर फर्किएका पुरुषसँगै मस्जितमा बस्दैआएका वीरगञ्जका एक जमाती र रौतहटका एकजनामा मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको भएर घर फर्किएका व्यक्तिमा पुनः कोरोना संक्रमण कायमैरहेको पुष्टी हुँदा कोरोना पहिचान र नियन्त्रण थप जटिल हुँने हो कि भन्ने चिन्ता बढेको छ । चैत ५ मा बेलायतबाट फर्केका काठमाडौं सनसिटीका पुरुष र उनकी आमा १० दिनमा संक्रमणमुक्त भई फर्केका थिए । ५२ बर्षे छोरामा मंगलबार पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भयो । यस्तै, स्वस्थ भएर अस्पतालबाट घर फर्किएका मस्जिदमा बस्दै आएका वीरगञ्जका एक जमाती र भारतबाट फर्केका रौतहटका एक युवकमा संक्रमण दोहोरिएको पाइएपछि धेरैले थप जोखिमको आँकलन गरेका छन् ।
सरुवारोग बिशेषज्ञहरु त कोरोना परिक्षणको विश्वसनियता बढाउँदै संक्रमितको कन्ट्रायक ट्रेसिङमा सरकारले बिशेष ध्यान नदिए कोरोना नेपालका लागि ठूलो स्वास्थ्य समस्या बन्नेतर्फ सचेत गराइरहेका छन् । यता, केहीमा कोरोना दोहोरिदैगर्दा विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका कोरोना भाइरस संक्रमित मध्ये ६ जनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । उनीहरु वैशाख ५ र ६ गते उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको एक मस्जिदमा गरिएको स्वाबको नमुना परीक्षणका क्रममा पोजेटिभ देखिएका १३ जनामध्येका हुन ।
डिस्चार्ज हुने ३४ वर्षीय मोहम्मद अजिरवान, ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २६ वर्षीय मोहम्वद राशिद र २१ वर्षीय मोहम्मद अहमद साहेवलाई प्रदेश सरकारले विराटनगरको रानीस्थित एक मस्जिदमा क्वारेन्टाइनमै राख्ने भएको छ । कोसी अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्