Techie IT
Mission Khabar

नेपालमा कोरोना संक्रमितको संख्या ९९ सय पुग्यो, वीरगञ्जमा थपिए दुई महिने शिशु सहित १७ संक्रमित


काठमाडौं । १७ जना थपिएसँगै कोरोना संक्रमितको संख्या नेपालमा ९९ सय पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक थपिएका सबै संक्रमित वीरगञ्जका हुन् ।

उनीहरुमध्ये एक जना दुई महिने शिशु रहेको बताइएको छ । मन्त्रालयका अनुसार १० जना पुरुष र ७ जना महिलामा संक्रमण पहिचान भएको छ । यसअघि संक्रमण पहिचान भएका व्यक्तिको कन्ट्राक ट्रेसिङका आधारमा अन्यलाई पछ्याउँदा थप पहिचान भएको हो वा पुरानैबाट सरेको हो भन्ने बारे केही खुलाईएको छैन ।

विराटनगरबाट आजै ६ जना कोरोना संक्रमित डिस्चार्ज भएसँगै उपचारपछि निको हुनेको संख्या २२ पुगेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्