Techie IT
Mission Khabar

वैदेशिक रोजगारीमा रहेका डेढ लाख नेपाली तत्काल स्वदेश फर्काउन हारगुहार गर्दै, कहिलेसम्म अलमलमा सरकार ?


काठमाडौं । वैदेशिक रोजगारीमा रहेका १ लाख २७ हजार नेपालीले तत्कालै स्वदेश फर्किन्ने इच्छा चाहेर गरेका छन् । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार बोर्डका अनुसार लकडाउन नखुल्दै करिब डेढ लाखले स्वदेश फर्किने इच्छा जाहेर गरेकोमा अन्तर्राष्ट्रिय उडान खुल्नासाथ फर्किनेगरी ५ लाख ३४ हजारले प्रतिक्षामा गरिरहेको पाइएको छ । कोरोना संक्रमणका कारण समस्यामा परेका नेतालीहरुले स्वदेश फर्किन हारगुहार गरेसँगै सरकारले गरेको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो ।

अझ, यसमा अस्ट्रेलिया, अमेरिका युरोप लगायतका देशबाट स्वदेश फर्किन चाहेका व्यक्तिहरु समेटिएका छैनन । समस्यमा परेका नेपालीलाई उद्धारका लागि पहल सुरु भएपनि सरकारले निर्णय गरेपछि मात्रै स्वदेश फर्काउने प्रक्रियाले पुर्णता पाउने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए । लकडाउन जारी रहँदा र खुलेलगत्तै स्वदेश फर्किने इच्छा व्यक्त गर्ने नेपालीको संख्या निक्कै ठूलो भएकाले सरकारले अब के–के गर्ने भन्ने सुझावसहितको प्रतिवेदन तयार गरेर बोर्डले श्रम मन्त्रालयमा बुझाइसकेको छ ।

समितिले एयरपोर्टमा झरेपछि घरसम्म कसरी लैजाने भन्ने व्यवस्थापन गर्न यहाँ सरकारी स्तरको व्यवस्थापन समिति र विदेशमा दूतावास र गैरआवासीय नेपाली संघसहित सामाजिक संघसंस्थाका प्रतिनिधि सम्मिलित समिति बनाएर उद्धार र स्वदेश फिर्ताको काम थाल्न सरकारलाई सुझाब दिएको छ । अहिलेसम्म कतार, यूएई, साउदी अरब, कुवेत, बहराइन, ओमान र मलेसिया समेत गरी ७ देशका कामदारहरुको मात्रै लागत संकलन र उद्धारलाई प्राथमिकता दिदै आएको छ । युरोप अमेरिकामा शिक्षा, व्यवसाय तथा रोजगारीका क्रममा रहेका थुप्रै नेपालीहरु स्वदेश फिर्ता हुन चाहिरहेपनि सरकारले उनीहरुको उद्धारमा चासो दिएको छैन ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले रोजगारीका क्रममा विभिन्न सातवटा मुलुकमा पुगेका आप्रवासी नेपाली श्रमिकको तुलनामा अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशमा रहेका नेपालीहरुले निक्कै कम समस्या ब्यहोर्नुपरेका कारण खाडीका नेपालीलाई नै प्राथमिकतामा राख्नुपरेको बताए। अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा विभिन्न कारणले ज्यान गुमाएका ११ नेपालीको शव ल्याउन सकिएको छैन ।

आईओएमको तथ्यांकले करिब २३ लाख ६५ हजार ८ सय ७५ जना नेपाली विश्वका विभिन्न भागमा विभिन्न प्रयोजनमा पुगेको देखाएको छ । अन्य मुलुकमा भिजिट भिसा बाहेक १४ लाख ८७ हजार ४ सय ५२ जना कामको लागि अनुमति लिएर गएको तथ्यांक छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जीवन भोगाई, देश / प्रदेश, विश्व / विविध
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्