उद्योग सञ्चालन र बजेटको चटारो : नेता र सांसदको पीसीआर परिक्षण, बिना परिक्षण उद्योग कारखानामा मजदुर
काठमाडौं । संघीय संसद्को छैटौँ अधिवेशन अर्थात आर्थिक बर्ष २०७७÷०७८ को बजेट अधिबेशन आजदेखि शुरु हुँदैछ । यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।
४ बजे बोलाइएको बैठकमा छैटौँ अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट संघीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिनेछन् । कोरोना भाइरसको त्रास र विभिन्न स्थानमा परिक्षण किट अभावको गुनासो बढिरहँदा संसदको बर्षे अर्थात बजेट अधिवेशनका क्रममा भने राष्ट्रिय सभा र प्रतिनिधि सभाका सवै सांसद, कर्मचारी तथा सुरक्षाकर्मीको स्वाब पीसिआर बिधिबाट परिक्षण गरिएको छ ।
बिहिबार प्रतिनिधि सभातर्फका १ सय ७० र राष्ट्रिय सभातर्फका ३३ सांसदसहित ४ सय ३३ जनाको कोरोना परीक्षण गरिएकोमा शुक्रबार बाँकीको गरिएको छ । बाँकी सांसद र कर्मचारी स्वाब परिक्षणका लागि बिहान ८ बजेदेखि नै संसद भवनमा पुगेका थिए । बैठकमा कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट देखाएर मात्रै संसदहरुले बैठकमा प्रबेश गर्न पाउनेछन् । सरकारको सिफारिस अनुसार राष्ट्रपतिले यही वैशाख २१ गते संघीय संसद्को छैटौँ अधिवेशन आह्वान गरेकी थिइन ।
४२ बिधाका उद्योग, पसल अनि औद्योगिक क्षेत्र र बिशेष आर्थिक क्षेत्र सञ्चालनको अनुमति दिएको सरकारले सुरक्षा सावधानी अपनाउन, सिमित कर्मचारी राख्न भनेपनि उनीहरु कोरोनाको जोखिममा रहे नरहेको एकिन गर्ने गराउने सुविधा दिइएको छैन । अर्थात सरकारले अर्थतन्त्र केही चलायमान गर्न खोलिएका उद्योग, कलकारखानामा पुग्ने मजदुरको कोरोना परिक्षण गरिएको छैन । कतिपयले त आम जनतालाई विश्वसनिय नभएको र्यापिड किड्सबाट कोरोना जाँच गराउनेहरुले आफूहरुको भने पीसीआर परिक्षण गराएर शासक र रैति जस्तो बिभेद गरेको आरोप समेत लगाएका छन् ।
के सांसदहरुलाई र्यापिड डाईग्नोस्टिक किटको बिश्वास नलागेको हो वा शासक र रैतीको भिन्नता देखाउन खोजेको हो ? यसबारे सरकारले जवाफ दिनैपर्छ ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्