Techie IT
Mission Khabar

लकडाउनको निरन्तरतामा सर्वसाधारण, ४२ विधाका उद्योगसँगै औद्योगिक क्षेत्र खुल्ला


काठमाडौं । लकडाउको डेढ महिना बित्दैगर्दा काठमाडौं उपत्यका सहित देशका प्रमुख शहर तथा बजारमा भीडभाड बढ्न थालेको छ । सडकमा समेत बिगतभन्दा केही बढी सवारीसाधन गुड्न थालेका छन् । लकडाउनमा जति नै कडाई गरिएपनि पछिल्लो समय उल्लंघनकर्ताहरु काठमाडौंसहितका सहरमा बढिरहेका थिए ।

अत्याबश्यक काम बिना चोक तथा सडकमा हिड्ने सर्वसाधारणका कारण जोखिम बढ्नसक्ने आँकलन गरेपनि आम नागरिकमा काम बाहेक निश्किन हुन्न र बाहिर निश्किदा समेत सामाजिक दूरी कायम गर्नुपर्छ भन्ने चेतना पुगेको देखिदैन । सुरक्षाकर्मीले अत्याबश्यक काम बाहेक बाहिर निष्किएका सर्वसाधारणलाई सडकको छेउमै ४ घण्टा उभ्याएर कारबाही गर्ने नीति लिएपनि शहरबजारमा यो नीतिले खासै प्रभाव पार्न सकेन ।

यसरी सडक तथा बजारमा भैरहेको व्यक्ति तथा सवारी साधनको भीड नियन्त्रण गर्न नै सकस ब्यहोरिरहेको सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न जेठ ५ गतेसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेपनि शर्तसहित उद्योग कलकारखाना र विकास निर्माणका काम सुरु भएका छन् । सरकारले लकडाउन जारी राख्दा ४२ वटा उद्योग कलकारखाना, औद्योगिक क्षेत्र र बिशेष आर्थिक क्षेत्र सञ्चालन गर्ने छुट दिएको छ । लकडाउनको अवधिमा औषधि, स्वास्थ्य सामाग्रीजस्ता अतिआवश्यक वस्तुको उत्पादन तथा बिक्रीवितरण, खाद्य, कृषिजन्य, पशुजन्य उत्पादन तथा बिक्रीवितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्रीवितरण खुल्ला गरिएको छ ।

यस्तै, विकास आयोजना सञ्चालनका लागि आवश्यक पर्ने ढुङ्गा, गिटी र बालुवालगायत निर्माण सामाग्रीको ढुवानी गर्न पाइने भएको छ । न्यूनतम कर्मचारीको ब्यवस्था गरी बैंकिङ तथा वित्तीय संस्था सञ्चालन गर्न दिइने भएपनि सार्वजनिक यातायात, बजार तथा सपिङ मल, शिक्षण संस्था, होटल रेस्टुेरेन्ट लगायतका धेरै व्यवसाय र सेवा माथीको प्रतिबन्ध भने कायमै छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्