Techie IT
Mission Khabar

बजेट अधिवेशनमा आचारसंहिता : कोरोनाको रिपोर्टदेखी सेल्फ आइसोलेसनसम्म


काठमाडौं । बजेट अधिबेशन समेत भनिने बर्षे अधिबेशनमा विभिन्न आचारसंहिता पालना गर्दै सांसदहरु संसद भवन र घरमा रहनेछन् । अधिवेशनमा सहभागी सांसदहरू आफ्नै घरमा समेत सेल्फ आइसोलेसनमा बस्नुपर्नेदेखी कोरोना परीक्षण रिपोर्ट नेगेटिभ हुनुपर्ने, अधिबेशन अवधिभर काठमाडौं बाहिर जान नपाइने लगायतका आचारसंहिताको परिधिमा रहनुपर्नेछ । विगतमा जसरी भीडभाड गरेर नभई बैठक कक्षमा प्रवेश गर्दा र बस्दा सामाजिक दूरी कायम गर्नुपर्नेछ । अनिवार्य रुपमा सर्जिकल मास्क प्रयोग गर्नुपर्ने अधिवेशनमा भित्र पस्दा ढोकानजिकै राखिएको साबुन र पानीले मज्जाले हात धुनुपर्नेछ । प्रत्यक सांसदको टेबुलमा सेनिटाइजर राखिने छ भने बैठक सुरु हुनुअघि हरेक दिन ज्वरो जाँच गरिनेछ । संसद् भवन परिसरमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

चिकित्सकहरुको सुझावका आधारमा संघीय संसदको कार्यव्यवस्था परामर्श समिति र संसद् सचिवालय तयार गरेका आचारसंहिता यस्ता छन् ।

– बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने ।
– बैठक अवधिभर मेडिकल मास्कको अनिवार्य प्रयोग ।
–ज्वोरो, खोकी, थकान, शरीर दुखाइ जस्ता समस्या देखापरेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्ने ।
–साहारा चाहिने अवस्थामा बाहेक सहयोगी लिएर प्रवेश गर्न नपाइने ।
– बजेट अधिबेशन अवधीभर घरमा स्वयम् एकान्तवासमा बस्नुपर्ने ।
– अधिवेशनभर काठमाडौं बाहिर जान नपाइने ।
– बाहिर निस्कएर पुनः प्रवेश गर्दा साबुन–पानी वा स्यानिटाइजरको अनिवार्य प्रयोग ।

मास्कको प्रयोग बारे संसद भवन परिसरमा पर्चा टासिएको छ भने अन्य आचारसंहिता बारे सांसदहरुलाई औपचारिक\अनौपचारिक जानकारी गराइएको छ । बजेट अधिवेशनमा कोरोनाको जोखिमका कारण सांसदहरुको आसनदेखि आम रुपमा रोष्ट्रम प्रयोग नगर्नेगरी व्यवस्थापन गरिएको छ ।

प्रधानमन्त्रीलाई एक्लै राख्नेदेखि दर्शकलाई बैठक कक्षमा रोक्ने, संवैधानिक अंगका प्रमुखहरु, कूटनीतिक नियोगका प्रमुखलाई नबोलाई अधिबेशन सम्पन्न हुनेछ । हरेक सांसदलाई एक मिटरको दूरी कायम गर्दै बस्ने व्यवस्था, एउटै कुर्सीको प्रयोग, सकेसम्म समूहगत छलफल नगर्ने, प्रधानमन्त्री, मन्त्री, सभामुख र दलको नेताबाहेक अन्य सांसदले आम रुपमा रोष्टम प्रयोग नगर्ने लगायतका नियम हरेक सांसदले बैठक अवधिभर पालना गर्नुपर्नेछ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्