नेपालगञ्जमा एक जनामा कोरोना पहिचान, १ सय २ संक्रमित पहिचान हुँदा २७ जना निको भए

काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा नेपालगञ्जका १६ वर्षीया किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै अहिलेसम्म ७४ जना पुरुष र २८ जना माहिलामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित मध्ये रुपन्देहीमा ३ जना, नेपालगञ्जमा २४ जना, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा २६ जना र विराटनगरमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । अहिलेसम्मको आँकडा अनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना, र सूदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका छन् ।
आजै विराटनगरमा उपचाररत ८ जना डिस्चार्ज भएसँगै निको भएर घर जानेको संख्या २७ पुगेको छ । यसअघि निको भएर घर फर्किएका मध्ये ३ जना पुनः कोरोना पोजेटिभ देखिएर अस्पताल भर्नाभएसँगै निको हुनेको संख्याबाट उनीहरु घटाइएका छन् ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्