Techie IT
Mission Khabar

नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुग्यो, तब्लिगि जमातीबाट महामारीको जोखिम


काठमाडौं । थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित पहिचान भएका हुन् ।

उदपयपुरको भुल्केका १८,४५ र ६५ वर्षका महिला, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुष अनि पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिए । शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टका आधारमा थप संक्रमित पहिचान भएको बताइएको छ । कोरोना पुष्टी भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिलेसम्म उपचारपछि २७ जना घर फर्किएका छन्, भने निको भएर घर पुगेका तीन जनामा पुनः कोरोना पोजेटिभ नतिजा आएसँगै अस्पताल भर्ना भएका छन् ।

आखिर किन बढिरहेको छ त नेपालमा कोरोना संक्रमण ?

सुरुवाती दिनमा विदेशबाट आएका एकदुई जनामा त्यो पनि फरक फरक स्थानमा पहिचान भैरहेको कोरोना पछिल्लो समय समुहगत रुपमा देखापरिरहेको छ । त्रासदी बढाउनेगरी थपिदैगरेका संक्रमित बारेका केही तथ्य यस्ता छन् ।

– रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं १ पुर्निहवा गाऊँका २५ वर्षीय धर्बेन्द्र पासी (पासवान) मर्चबार क्षेत्रवाट सजिलै नेपाल छिरे । उनलाई परिवारले नै मर्चबार आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेपछि गरिएको स्वाब परिक्षणमा नतिजा कोरोना पोजेटिभ देखियो । 
-रौतहट जिल्लाको इशानाथ नपा ८ का २४ वर्षिय मो. बच्चा अन्सारी भारतको कोलकाताबाट लकडाउनपछि घर फर्किए । चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेका उनी कोरोना नेगेटिभ देखिएको भन्दै घर फर्किएर परिवार र समुदायमा १० दिन बिताइसकेपछि गरीएको जाँचमा संक्रमित ठहरिए ।
-झापामा थपिएका ६२ बर्षे पुरुष पनि लकडाउनपछि नै भारतबाट नेपाल आएका व्यक्ति हुन । दिल्ली मर्कशमा भाग लिएर फर्केका सोनवर्षी गाऊपालिका चकचकीमा रहेको मस्जिदका जमाती उनी नेपाल आएर क्वारेन्टाइनमा बस्नुको सट्टा मुस्लिम विद्यार्थीलाई पढाउने र राहत वितरणमा सक्रिय रहे । पछि तीनै व्यक्ति कोरोना पोजेटिभ देखिए ।
-प्रदेश नं ५ स्थित बाँकेको नेपालगञ्जमा एकमहिना अघि दिल्लीको मर्कसवाट तीनजना जमातीहरु उत्तर प्रदेश बहराइच जिल्लाको नानपाराहुँदै नेपाल भित्रिए । क्वारेन्टाइनमा नबसी घर पुगेका तीनै ६० बर्षे जमातीले आफ्ना घर–परिवारका सदस्य लगायत समूदायमा कोरोना संक्रमण सारे । लकडाउनकै बीचमा विभिन्न मस्जिद–मदरशा र घर–घरमा पढाउँदै हिडेका संक्रमितले नै नेपालगञ्ज क्षेत्रमा थप १५ जनालाई संक्रमित बनाएको तथ्य बाहिरियो ।
-दिल्लीको निजामुद्धिन मर्कसवाट फर्किएर पर्साको छपकैया मस्जिद र मदर्शामा बसेका तीनजना जमातीहरु संक्रमित पहिचान भए । उनीहरुबाटै एकजनामा संक्रमण फैलियो । छिमेकी जिल्ला बाराको सिमरा जीतपुर नपा.७ मा समेत दुईजना संक्रमित भेटिएपछि यो क्षेत्रमा पनि महामारीको तेस्रो चरण देखा पर्यो ।
-वीरगञ्जको पीसीआर मेसिन र जनकपुरस्थित २ नम्बर प्रदेशकै अर्को पीसीआर मेसिनका कारण समेत समयमै कोरोना पहिचान गर्न धोका भयो । अर्थात बिग्रिएको मेसिनबाट आएको नेगेटिभ रिपोर्टले कोरोना संक्रमित समुदायसम्म पुगे र संक्रमणको दायरा बढ्यो ।

यी माथीका तथ्यहरुले तेश्रो मुलुकबाट आएका व्यक्ति भन्दा पनि भारतबाट आएका नेपाली, त्यसमा पनि अधिकांश मुस्लिम धर्मगुरु अर्थात तब्लिगि जमातीका सदस्यहरुमा कोरोना संक्रमण बढी देखिएको छ । उनीहरुकै कारण कोरोना व्यक्ति हुँदै समुदायमा सरेको पाइएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्