Techie IT
Mission Khabar

सप्तरीको एक क्वारेन्टाइनबाट गायब भए १९ भारतीय नागरिक, स्थानीयमा त्रास


काठमाडौं\सप्तरी । प्रदेश २ स्थित सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको एक क्वारेन्टाइनबाट १९ जना भारतीय बेपत्ता भएसँगै स्थानीय त्रसिद भएका छन् । कोशी ब्यारेजको कोशी निम्न माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनबाट भारतीयहरु बेपत्ता भएपछि स्थानीय त्रसिद बनेका हुन् ।

सामान्य ज्वरो जाँच्ने काममात्रै भएका भारतीय नागरिक जुत्ता, चप्पल र ब्याग कोठामै छाडेर भागेको बताइएको छ । नेपालको विभिन्न भागबाट भारतको पश्चिम बंगाल र बिहार राज्यस्थित घर फर्किंदै गरेका ७२ जना भारतीयलाई प्रदेश १ ले प्रवेश नदिइएपछि दुई सातादेखि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा बस्ने सबैलाई खानपान तथा बासको व्यवस्था र खर्च हनुमाननगर कंकालिनी नगरपालिकाले गर्दै आएको थियो । सशस्त्र र नेपाल प्रहरीले चौबीसै घण्टा कडा निगरानी राखेको क्वारेन्टाइनबाट १९ जना बेपत्ता भएको घटनालाई संकास्पद मानिएको छ । कोसीमा रहेका सबै डुंगा स्थानीय तह र प्रहरीले नियन्त्रणमा राखेकाले उक्त विकल्प प्रयोग गरेर भाग्नसक्ने अवस्था देखिदैन ।

कोशी ब्यारेज प्रदेश नम्बर १ र २ को बोर्डर क्षेत्र भएकाले उनीहरु नेपालकै कुनै बस्तीमा लुकेको हुनसक्ने भन्दै स्थानीय त्रसिद बनेका छन् । हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख शैलेशकुमार साह, सप्तरीका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी सुनिल खनाल यसबारे अनविज्ञ देखिएका छन् । क्वारेन्टाइनस्थलको सुरक्षा गरिरहेका इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायव निरीक्षक सागिर राइनसित पाँच प्रहरीलाई जिल्ला प्रहरी कार्यालय तानिएपनि भागेकाहरुको खोजीलाई तिब्रता नदिदा स्थानीयमा बढेको त्रास कायमै छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्