नेपाली भूमिमा भारतीय सडक, फेरी बढ्न थाल्यो नेपालमा भारतबिरोधी जनमत

काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतस्थित मानसरोवर जाने सडक मार्ग उद्घाटन गरेसँगै नेपालमा फेरी भारत बिरोधी जनमत बढ्न थालेको छ । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत उदघाटन गरेसँगै नेपालमा अतिक्रम बिरुद्ध चर्को आवज उठ्न थालेको हो ।
भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेपछि नेपालको राजनीतिक बृत्तमा समेत तरंग पैदा भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चाल्नु प्रतिक्रिया दिएका छन् । नेपालमाथी जारी रहेको भारतीय अतिक्रमण बिरुद्ध कडा कदमसँगै बिशेष कुटनीतिक सम्वाद थाल्न सुझाब दिएको साझा पार्टीले भारतले माफी माग्नुपर्ने धारणा सार्वजनिक गरेको छ । भारतले कालापानी, लिपुलके र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्दै क्षमायाचना गर्नुपर्नेमा कही विद्यार्थी संगठन समेत सहमत छन् ।
लकडानउनकाबिच लिपुलेक–कालापानी क्षेत्रमा भारतले सडक बनाएको विरोधमा युवा–विद्यार्थीले प्रदर्शन गरेका छन् । नेपालस्थित भारतीय दूदावास क्षेत्रमा प्रवेश नपाएपनि माइतीघर मण्डलामा सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू तथा युवा–विद्यार्थीहरुले प्रदर्शन गरेकोमा प्रहरीले २० बढी विद्यार्थी नेता पक्राउ परे । उनीहरुले ‘सरकार‘सीमा मिचियो ! कि बेचियो थाहा चाहियो’ सहितका नारा लेखिएका कालो ब्यानर प्रदर्शन गरेका थिए ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लिपुलेक मिचिएको बारेमा सरकार बेखबर रहनु आश्चर्यजनक र सन्देहपूर्ण रहेको भन्दै तत्काल आफ्नो भुमिका देखाउन सरकारसँग माग गरेका छन् । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले लिपुलेकमा भारतले सडक उद्घाटन गरेकोबारे नेपाल सरकारले तत्काल आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने भन्दै पार्टीलाई भारतीय थिचोमिचो मान्य नहुने धारणा सार्वजनिक गरेका छन् ।
विवादित भूमि भनेर भारतले नै स्वीकार गरेको क्षेत्रमा एकलौटी सडक निमार्ण भएको विषयमा नेपाल सरकारले तत्काल आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार छलफलका लागि गृह, परराष्ट्र र भूमि व्यवस्था मन्त्रीलाई बोलाएको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्