Techie IT
Mission Khabar

थपिदै कोरोना संक्रमित, एक सय १० जना पहिचान हुँदासम्म पनि पहिचान भएन कोरोना संक्रमणको श्रोत


मोरङ काठमाडौं । उदयपुरमा थप एकजना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय १० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुर भुल्के निवासी ४५ वर्षकी महिलामा संक्रमण पुष्टी भएको हो ।

संक्रमितको स्वाथ्य अवस्था सामान्य रहेको बताइएको छ । पहिले संक्रमित भएका व्यक्तिबाट सरेको हो वा अन्य कुनै कारणले संक्रमित भएको हो भन्ने बारे केही खुलाइएको छैन । उनी यसअघि कोरोना पहिचा भएको मस्जित क्षेत्रकै रहेको बताइएको छ । कोरोना भाइरस संक्रमित ११० मध्ये अहिलेसम्म २८ जना निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको प्रदेश १ को उदयपुरमा अहिलेसम्म कुल संक्रमितको संख्या ३२ पुगेको छ । यसपछि पर्सामा २६ र बाँकैमा २४ जना संक्रमित पहिचान भएका छन् । अहिलेसम्म ६ प्रदेशका १५ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्