२० देशमा रहेका साँढे ५ हजार नेपालीमा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ७८ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को महामारीका कारण विश्वभर ज्यान गुमाउने नेपालीको संख्या ७८ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वभर कोरोना संक्रमित नेपालीहरुको संख्या पाँच हजार ५ सय ८१ पुग्दा ७८ जनाले ज्यान गुमाउनुपरेको हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना नेपालीको मृत्यु भएको छ । संयुक्त राज्य अमेरिकामा १५ जना जनाले ज्यान गुमाएका छन् । अमेरिकाको न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जना नेपालीको मृत्यु हुँदा संयुक्त अरब इमिरेट्स (युएई) मा ६ जना र आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन र स्वीडेनमा एक\एक जनाले ज्यान गुमाएका छन् । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार यो साता मात्रै बेलायतमा २, स्वीडेन, बहराइन र युएईमा १\१ जना गरेर ५ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
नेपालबाहेक विश्वभर ५ हजार ४ सय ७२ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएको पाइएको छ । जसमध्ये २ हजारभन्दा बढी नेपालीहरु उपचारपछि निको भएका छन् । अहिलेसम्म विश्वका विभिन्न ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी २० देशमा संक्रमित पहिचान भैरहेका छन् ।
एनआरएनएको तथ्यांक अनुसार यस्तो छ, नेपालीमा कोरोना संक्रमणको अवस्था
एनआरएनको तथ्यांककतारमा सबैभन्दा बढी २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा २ सय ४५, युएईमा १ सय ४९, कुवेतमा ७८, नेपालमा १०९, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२ जना, स्पेन र अष्ट्रेलियामा १२\१२ जना, जापान र क्यानडामा समान १०\१० जना, बेल्जियममा ६, स्वीटजरल्याण्डमा ५, जर्मनी र फिनल्याण्डमा ४÷४ जना, साइप्रस र न्युजिल्याण्डमा ३\३ जना, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा २\२ जना तथा म्यानमार र फ्रान्समा १\१ जना
कोरोनाले विश्वभर छरिएर रहेका नेपालीमा परेको प्रभाव मुल्यांकन गरिरहेको एनआरएनएले राहत वितरण र स्वंसेवक परिचालन मार्फत समस्यामा परेका नेपालीहरुलाई साथ सहयोग गरिरहेको छ । ४६ देशका २ सय ७० भन्दा बढी क्षेत्रमा १ हजार ६ सयभन्दा बढी स्वंसेवकहरु परिचालन गरेर एनआरएनले ३५ हजारभन्दा बढी गैरआवासीय नेपालीहरुलाई राहत बाढेको छ । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड १९ उच्चस्तरीय समिति गठन गरेर आफ्ना गतिविधिलाई एनआरएनएले तीव्रता दिइरहेको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विश्व / विविध
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्