Techie IT
Mission Khabar

नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुग्यो, कपिलवस्तुमा थपिए १० संक्रमित


काठमाडौं । थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० मा नयाँ संक्रमित पहिचान भएका हुन् ।

संक्रमित मध्ये एक जनाको उमेर खुलेको छैन भने अन्य १८ देखि ३४ वर्ष उमेर समूहका रहेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित पहिचान भएका सबैको स्वास्थ्य सामान्य छ र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

अहिलेसम्म उदयपुरमा ३२, पर्सामा २७, बाँकेमा २४ तथा कपिलवस्तुमा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २८ जना उपचारपछि कोरोना मुक्त भएर घर फर्किएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्