Techie IT
Mission Khabar

नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुग्यो, एकैदिन पहिचान भए २४ संक्रमित


काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ सय ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि हुनेमा कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुष, रुपन्देहीको सम्मरीमाइ गाउँपालिका–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका–६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुष तथा बर्दिया राजापुर नगरपालिका–५ कि ११ वर्षकी बालिका रहेका छन् । सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा र सप्तरीमा एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार साँझ थप १३ जनामा संक्रमण देखिएपनि नेपालमा एकै दिन पहिलो पटक २४ जनामा कोरोना संक्रमण पहिचान भएको छ । कपिलवस्तुमा मात्र सोमबार १६ जना कोरोना संक्रमित पहिचान भएका छन् । यसअघि एक जना संक्रमित पहिचान भएको रुपन्देहीमा सोमबार ६ जना थपिएका छन् । बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण पहिचान भएको हो । सप्तरीका युवा भने कोरोना जाँचको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट छाडिएको व्यक्ति भएको खुलेको छ ।

देशका विभिन्न अस्पतालमा १ सय ५३ जना शंकास्पद बिरामी आइसोलेसनमा उपचाररत छन् । सोमबार कोसी अस्पताल विराटनगरमा उपचाररत २ जना संक्रमित डिस्चार्ज भएसँगै उपचारपछि निको हुनेको संख्य ३३ पुगेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्