Techie IT
Mission Khabar

एकैदिन पहिचान भयो ५७ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या २ सय नजिक


काठमाडौं । पीसीआर परिक्षणको दायरा बढाएसँगै नेपालमा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो पटक पर्सामा ३९ जना, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बारामा १ जनामा कोरोना भाइरस संक्रमण पहिचान भएको हो । पर्सामा पहिचान भएका २९ संक्रमित मध्ये ४ जना सञ्चारकर्मी रहेको बताइएको छ । थपिएका संक्रमित सबै पुरुष रहेको बताइएको छ । कपिलवस्तुमा १६ जना, रुपन्देहीमा ६ जना बर्दियामा १ र सप्तरीमा १ जना गरेर सोमबार मात्रै २४ जना संक्रमित थपिएका थिए । देशका विभिन्न अस्पतालमा १ सय ५३ जना शंकास्पद बिरामी आइसोलेसनमा उपचाररत छन् भने उपचारपछि निको हुनेको संख्य ३३ पुगेको छ ।

नेपालमा गत शुक्रबार स्वीटजरल्याण्ड सरकारले सहयोग दिएको ३० हजार थान पीसीआर किट आएपछि परिक्षणको दायरा बढाइएको छ । पछिल्लो समय भारतबाट नेपाल भित्रिएकाहरुका कारण प्रदेश १, २ र पाँच कोरोनाको उच्च जोखिममा परेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्