नेपालमा कोरोना संक्रमण तिब्र, एकैदिन ८३ जना थपिदा संक्रमितको संख्या २ सय १७ पुग्यो

काठमाडौं । मंगलबार एकैदिन ८३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २ सय १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार दिउँसो ५७ जनामा र साँझ २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लोपटक कोरोना संक्रमण पुष्टि हुनेमा १८ जना पर्साका, २ जना महोत्तरीका, धनुषाका २, भक्तपुरका २ काठमाडौंका १ र सर्लाहीका एक जना रहेका छन् । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । मंगलबार बिहान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका प्रयोगशालामा गरिएको परीक्षणअनुसार ५७ जना पुरुषमा संक्रमण पुष्टि भएको थियो ।
दिउँसो ३९ जना संक्रमित पहिचान भएको पर्सामा साँझ १८ जना थपिएसँगै एकैदिन संक्रमित हुनेको संख्या ५७ पुगेको छ । मंगलबार नै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना संक्रमित पहिचान भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमितको मृत्यु भएको छैन । उपचारपछि ३४ जना निको भएका छन् ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्