Techie IT
Mission Khabar

दुई जना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुग्यो


काठमाडौं । बुधबार बाँके र कपिलवस्तुका दुई युवकमा कोरोना भाइरस पुष्टि भएसँगै संक्रमितको संख्या २ सय १९ पुगेको छ ।

काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा र कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका अर्का युवकमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । पछिल्लो एक महिनामा कोरोना संक्रमित ह्वात्तै बढेको नेपालमा उपचारपछि ३५ जना घर फकिएका छन् । अहिलेसम्म नेपालमा कुनैपनि संक्रमितमा गम्भिर लक्षण देखिएको छैन भने कसैको मृत्यु भएको छैन ।


क्याटेगोरी : देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्