बुधबार थपिए २६ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुग्यो

काठमाडौं । बुधबार मात्रै २६ जनामा संक्रमण पुष्टिभएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझ रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसअघि आजै दिउँसो बाँके र कपिलवस्तुमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको परिक्षणबाट नयाँ संक्रमित पहिचान भएको मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । सबैको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ । मंगलबार एकैदिन ८३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
पछिल्लो एक महिनामा कोरोना संक्रमित ह्वात्तै बढेका छन भने नेपालमा उपचारपछि ३५ जना घर फकिएका छन् । अहिलेसम्म नेपालमा कुनैपनि संक्रमितमा गम्भिर लक्षण देखिएको छैन भने कसैको मृत्यु भएको छैन ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्