Techie IT
Mission Khabar

लिपुलेक लफडा : भारत बिरोधी प्रदर्शन जारी, नेबिसंघले निकाल्यो मसाल जुलुस


काठमाडौं । भारतले एकतर्फी रुपमा नेपाली भुमि लिपुलेकहुँदै मानसरोवर पुग्ने सडक बनाएपछि नेपालमा निरन्तर भारत बिरोधी आन्दोलन भैरहेको छ । पछिल्लो समय सडकदेखी सदनसम्म भारतीय कदमको बिरोध भैरहँदा विद्यार्थीहरुले मसाल जुलुस निकालेर भारतको बिरोध गरेका छन् ।

काठमाडौंको बालाजु क्षेत्रबाट बुधबार साझ नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुले मसाल जुलुससहित विरोध प्रदर्शन गरेका हुन् । भारतले नेपाली भुमिबाट चीनको मानसरोवर जाने बाटो बनाएर उद्घाटन गरेदेखी नेपालमा दिनहुँ भारतको बिरोध भैरहेको छ । लकडाउनकाबीच विभिन्न राजनीतिक दल, नागरिक अगुवा, विद्यार्थी लगायतले सडकमा आएर भारत बिरोधी प्रदर्शन गरिरहँदा सदनमा समेत चर्को आवाज उठिरहेको छ ।

सांसदहरुले त सरकारलाई तत्काल कुटनीतिक पहल गरेर नेपाली भूमि माथिको अतिक्रमण रोक्न माग गर्दै आएका छन् । सीमा विवादका विषयमा छलफल गर्न बुधबारै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक राखेका थिए ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्