Techie IT
Mission Khabar

लिपुलेक क्षेत्रमा खडा भयो भूगोल रक्षा दस्ता, हल होला त सीमा बिवाद ?


काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाएको लिपुलेक क्षेत्रमा बुधबारबाट सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बीओपी स्थापना भएसँगै लिपुलेकको सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति पुगेको हो ।

बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेको थियो । नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत दार्चुला सदरमुकामबाट सशस्त्र प्रहरीको १२ जनाको टोलीलाई छाङरुमा पुर्याइएको थियो । विवादित कालापानी क्षेत्रबाट १२ किलोमिटर वर स्थापित बीओपीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दले गरेका छन् । छाङ्रुमा भाडाको घरमा बीओपी स्थापना गरेको सशस्त्र प्रहरीले अस्पतालसहितको भौतिक संरचना छिट्टै बनाउन थाल्ने जानकारी दिएको छ ।

यही ठाउँमा नेपाल प्रहरीको चौकी भएपनि जाडो सिजना र बर्षासँगै बढ्ने हिमपात तथा चिसोका कारण बाह्रै महिना सुरक्षाकर्मीको उपस्थिति हुने अवस्था छैन । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा भारत बिरोधी जनमत बढिरहेको छ भने सरकार सीमा सुरक्षा बढाउनुपर्ने दबाबमा परेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्