Techie IT
Mission Khabar

हवाई इन्धन बेच्ने तयारीमा आयल निगम, १० लाख लिटर इन्धन मट्टितेलका रुपमा बेचिदै


काठमाडौं । लकडाउनका कारण उडान ठप्प भएसँगै नेपाल आयल निगमले करिब १० लाख लिटर हवाई इन्धनलाई मटितेलका रुपमा बेच्ने तयारी गरेको छ । लकडाउनका कारण त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा रहेको निगमको डिपो खाली नभएर भण्डारण गर्न नसकिएको ५० ट्यांकर हवाई इन्धन बेच्ने बारे तयारी थालिएको निगमले जानकारी दिएको हो ।

निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार लकडाउनको अभाव टार्न भन्नै फागुन अन्तिम सातादेखी त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा रहेको निगमको डिपोमा हवाई इन्धनको मौजात राखिएकाले ट्याङ्करमा रहेको इन्धन बेच्नुपर्ने बाध्यता आएको हो । विमानस्थल परिसरको डिपोमा ६ हजार ४ सय किलोलिटर हवाई इन्धन भण्डारणको क्षमता छ ।

ट्यांकरमा रहेको हवाई इन्धन डिपोमा खन्याउन नपाएपछि डाउन ग्रेड गर्न खोजेको निगमले कहाँ कहिलेबाट बिक्रिवितरण थाल्ने भन्ने खुलाएको छैन । कोरोनाका कारण चैत ६ गतेदेखि उडान प्रतिबन्ध लागेपछि हवाई इन्धन बिक्रि ठप्प छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्