थपिए ७ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुग्यो
काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना पहिचान भएसँगै संक्रमितको संख्या २ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषा र महोत्तरीका २\२ जना, काठमाडौं, कपिलवस्तु र सर्लाहीका एक\एक जनामा कोरोना पहिचान भएको हो । पछिल्लो पटक संक्रमित पहिचान भएकामा पाँच जना पुरुष, एक महिला र एक ६ बर्षे बालिका रहेका छन् ।
काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पोजेटिप पहिचान भएकाहरुको अवस्था सामान्य रहेको उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ । बुधबार एकैदिन रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीमा १ जना गरी २४ जनामा कोरोना पहिचान भएको थियो । संक्रमितको संख्या २ सय ५० पुग्दा ३५ जना उपचारपछि निको भएका छन् ।
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्