नेपालमा २ सय ४५ जनामा कोरोना संक्रमण, पाँच जना संक्रमित दोहोरिएको भन्दै स्वास्थ्य मन्त्रालयले सच्यायो तथ्यांक

काठमाडौं । बिहिबार पाँच जनामा संक्रमण देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको विज्ञप्ती आफैले सच्याएको छ । पाँच जना यसअघि नै संक्रमण पहिचान भएका व्यक्ति दोहोरिएको भन्दै स्वास्थ्य मन्त्रालयले तथ्यांक सच्याएपछि नेपालमा संक्रमितको संख्या २ सय ५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनुषा र महोत्तरीका २\२ जना, सर्लाहीका एक जनामा कोरोना पहिचान भएको भन्दै विज्ञप्ती मार्फत पछिल्लो कोरोना संक्रमितको तथ्यांक अध्यावधी गरेको थियो । यसअघि नै स्वास्थ्य मन्त्रालयले काठमाडौं चन्दागिरीका एक पुरुष र कपिलवस्तुकी एक ६ बर्षिया बालिकामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।
बुधबार एकैदिन रुपन्देहीमा १२, कपिलवस्तुमा ८, पर्सामा ३ र नवलपरासीमा १ जना गरी २४ जनामा कोरोना पहिचान भएको थियो । संक्रमितको संख्या २ सय ४५ पुग्दा ३५ जना उपचारपछि निको भएका छन् ।
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्