Techie IT
Mission Khabar

नेपालमा कोरोना पहिचानको निरन्तरता, संक्रमितको संख्या २ सय ५० नजिक


काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित थपिने क्रमले निरन्तरता पाइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार मात्रै थप ६ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

बिहीबार बिहान काठमाडौँको चन्द्रागिरीका ३२ वर्षे पुरुष र कपिलवस्तुकी ६ वर्षकी बालिकामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएकोमा दिउँसो नवलपरासीको देवचुली नगरपालिका–१२ का ४९ वर्षका पुरुषमा कोरोना संक्रमण पहिचान भएको थियो । बिहीबार साँझ काठमाडौं, धनुषा र धादिङमा १\१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिलामा संक्रमण पहिचान भएको छ । बिहीबार पहिचान भएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ ।

नेपाल भारत सीमा नाकामा केही कडाई गरिएपनि भित्रि बाटोबाट दैनिक हजारौँ सर्वसाधारण नेपाल भित्रिदा कोरोनाको जोखिम बढिरहेको सरकारी बिज्ञहरुले नै आँकलन गरिरहदा सीमानाका कडाई गर्ने वा स्वदेश फर्किनेहरुलाई बेवस्थित रुपमा भित्र्याउनेमा सरकार गम्भिर देखिएको छैन । पछिल्लो समय भारतबाट नेपाल आएका सयौँमा कोरोना संक्रमण पहिचान भएको छ भने उनीहरुका कारण समुदायस्तरमा सरेको पाइएको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्