Techie IT
Mission Khabar

लकडाउनमा फेरीएको चोरी, निशानामा मन्दिरको मूर्ती र भेटी


काठमाडौं । यतिबेला विश्व समूदाय कोभिड १९ को महामारीसँग जुधिरहेको छ । नेपालमा पनि कोरोना संक्रमित बढिरहँदा मन्दिरको भेटी र मूर्ति चोरहरु सल्बलाउन थालेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहिबार मन्दिरको भेटी र मूर्ति चोरेको आरोपमा तीन जनालाई पक्राउ गरेसँगै यस्तो रहश्य बाहिरिएको हो ।

बुधबार राति काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ गणेशनगरस्थित आनन्द गणेश मन्दिरको मुल ढोका फोरेर पैसा र मुर्ति चोरेका सिन्धुलीका १९ वर्षीय सुजन तामाङ र भोजपुरका २० वर्षीय पृथ्वी विकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले दानपेटिकामा रहेको १० हजार रुपैयाँ, सोही मन्दिर परिसरमा रहेको भालेश्वर महादेवको ढलोटको मूर्ति र ३ हजार रुपैयाँ चोरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । यी दुबैजना काठमाडौंको कपनमा बस्दै आएका थिए ।

यस्तै, प्रहरीले काठमाडौं चन्द्रागिरीमा भएको अर्को चोरिको घटनामा संलग्न देखिएका दोलखाका छिरिङ भन्ने रविन तामाङलाई समेत पक्राउ गरेको छ । उनी मुद्धको मुर्ती दुई थान, सुनचाँदीका गरगहना र ३२ इन्चको सिजि ब्रान्डको टेलिभिजनसहित १५ लाख रुपैयाँ बराबरको धनमाल चोरीमा संलग्न थिए । चन्द्रागिरी १५ रावत टोलमा वैशाख ७ गते स्थानीय राजेश मानन्धरको घरमा चोरि भएको थियो । काठमाडौंस्थित कोटेश्वर बस्दै आएका छिरिङ यसअघि चोरी मुद्धामै इलाम कारागारमा चार वर्ष जेल जीवन बिताएर छुटेका व्यक्ति हुन् ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्