Techie IT
Mission Khabar

प्रदेश पाँच र दुईमा कोरोना संक्रमण तिब्र, नेपालमा संक्रमितको संख्या २ सय ५८


काठमाडौं । शुक्रबार विहान ९ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार विहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित थपिएका हुन् ।

बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा र मकवानपुरमा ३७ बर्षका पुरुषमा कोरोना पहिचान भएको बताइएको छ । प्रदेश ५ को बाँकेमा नयाँ पहिचान भएका कोरोना संक्रमित दक्षिण भारतबाट स्वदेश फर्किएर क्वारेन्टाइनमा बसेकाहरु हुन् । भने मकवानपुरका व्यक्ति बारे केही खुलाइएको छैन ।

रेड जोनमा परेका प्रदेश र जिल्लाहरु

प्रदेश १ का तीन जिल्ला उदयपुर, भोजपुर र झापा । प्रदेश २ का ७ जिल्ला सप्तरी, महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा । बागमती प्रदेशका ५ जिल्ला काठमाडौं, भक्तपुर, धादिङ, चितवन र मकवानपुर । गण्डकी प्रदेशका २ जिल्ला बागलुङ र नवलपुर । प्रदेश नम्बर पाँचका ५ जिल्ला कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया र नवलपरासी । सुदुरपश्चिम प्रदेशका २ जिल्ला कैलाली र कञ्चनपुर । पछिल्लो समय प्रदेश २ को पर्सा, प्रदेश पाँचको बाँके र कपिलवस्तुमा संक्रमणको दर उच्च देखिएको छ ।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको तथा चिकित्सकको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिएका छन् । भारतबाट नेपाल भित्रिएकाहरुमा बढी संक्रमण देखिदा र उनीहरुबाट समुदायस्तरमा समेत संक्रमण सरेको पहिचान हुँदा कोरोना महामारीको जोखिम थप बढ्ने भन्दै सरकारी विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्