Techie IT
Mission Khabar

क्षेत्रपाटीका औषधी र सर्जिकल थोक पसल विहान ११ देखी ३ बजेसम्म मात्रै खुल्ने


काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेका औषधी तथा सर्जिकलका थोक पसलहरु आजबाट विहान ११ बजेदेखी ३ बजेसम्म मात्र खुल्ने भएका छन् ।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ बर्षिया बालिका, तथा चन्दागिरी नगरपालिका क्षेत्रका दुई जनामा कोरोना पहिचान भएसँगै व्यवसायीहरुले निश्चित समयसिमा निर्धारण गरेर औषधी तथा सर्जिकल पसल खोल्ने भएका हुन् ।

योसँगै क्षेत्रपाटी जस्तो चहलपहल हुने ठाउँमा समय सीमा तोकिनु उचित नहुने भन्दै स्वास्थ्य क्षेत्रका जानकारहरुले छोटो समय मात्रै खोलिदा थप भीडभाड र जोखिम बढ्ने चिन्ता व्यक्त गर्न थालेका छन् । क्षेत्रपाटी कोरोना निषेधित क्षेत्र नभएको भन्दै कतिपयले त २४ सै घण्टा खुलाएर सेवा दिनुपर्ने बताइरहेका छन् ।

विश्वव्यापी स्वास्थ्य समस्या निम्त्याइरहेको कोभिड १९को बढ्दो जोखिका वीच नेपाल औषधि थोक व्यवसायी संघ केन्द्रीय समितिले सरकारी निकाय, स्थानीय तह, अस्पताल लगायतका संघ संस्थालाई तापक्रम नाप्ने थर्मलगन लगायत सहयोग गर्दै आएको छ ।

संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटा र संघका केन्द्रीय सदस्य समेत रहेका बीबीआर सर्जिकलका प्रोपाइटर भगवान राएकेले औषधी र सर्जिकल सामानको उपलब्धता सहित सामाजीक दायित्व अन्र्तगतका काममा पनि सहभागि भैरहेको जानकारी दिए ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्