Techie IT
Mission Khabar

थपिए ९ जना, नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७


काठमाडौं । शुक्रबार साँझ ९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पता नेपालगञ्जमा गरिएको स्वाब परिक्षणका क्रममा नौँ जना पहिचान भएसँगै संक्रमितको संख्या २ सय ६७ पुगेको हो ।

पछिल्लो परिक्षण रिपोर्टका आधारमा पर्सा वीरगंजका ९ र १० बर्षिया बालक, २३ र ४७ बर्षिया महिला, उदयपुर त्रियुगा नगरपालिकाका २५ बर्षिया पुरुष, दाङको गढवाका २३ र ३६ बर्षे पुरुष, दाङ तुलसीपुरका ३४ बर्षिया पुरुषसँगै काठमाडौं सतुंगल निवासी ७ बर्षिया बालकमा कोरोना संक्रमण पहिचान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिरकुमार अधिकारीका अनुसार पछिल्लो पटक संक्रमण पहिचान भएकाको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमा रहेका छन् ।

शुक्रबार विहान मात्रै मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित थपिएका थिए । अहिलेसम्म प्रदेश १ को उदयपुर, भोजपुर र झापा । प्रदेश २ का सप्तरी, महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा । बागमती प्रदेशका ५ काठमाडौं, भक्तपुर, धादिङ, चितवन र मकवानपुर, गण्डकी प्रदेशका बागलुङ र नवलपुर तथा प्रदेश नम्बर पाँचका कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया र नवलपरासीमा तथा सुदुरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर कोरोना संक्रमित पहिचान भएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्